arrow

हाइड्रोसिलका बिरामीको निःशुल्क उपचार

logo
प्रकाशित २०७४ जेठ ११ बिहिबार
hydrocele.jpg

नुवाकोट । हाइड्रोसिल (अण्डकोषमा पानी जमेर देखापर्ने रोग) भएका बिरामीका लागि जिल्ला अस्पताल त्रिशूलीले निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ । 

औषधि सेवनबाट उपचार सम्भव नभएको हाइड्रोसिल बिरामीका लागि सुरु भएको सेवा असार मसान्तसम्म जारी रहने जिल्ला अस्पताल त्रिशूलीका मेडिकल अधिकृत डा राजेन्द्र लामाले जानकारी दिए । 

हाइड्रोसिल रोगबाट पीडित शल्यक्रिया गर्नुपर्ने बिरामीलाई जिल्ला अस्पालमा नै निःशुल्क सेवा उपलब्ध गराएकाले यसबाट लाभ लिन सबैमा उनले आग्रह गरे । 

हाइड्रोसिल दुई प्रकारका (जन्मजात र पछि देखापर्ने) बिरामी हुने भए पनि अस्पतालले पछि देखापरेको हाइड्रोसिलका बिरामीलाई लक्षित गरी सेवा दिन लागेको जनाएको छ । 

समयमै उपचार भएमा हाइड्रोसिल रोग पूर्ण निको हुने भएकाले निःशुल्क उपलब्ध गराइएको सेवामा जिल्लामा रहेका बिरामी सबै समेटिने विश्वास लिएको अस्पताल विकास समितिका अध्यक्ष अरुणकुमार श्रेष्ठले बताए । 

जिल्ला अस्पताल त्रिशूलीले अहिले महिलाको पाठेघर (आङ) खस्ने रोगको निःशुल्क शल्यक्रिया सेवा सञ्चालन गर्दै आएको छ । 

अर्को महिनादेखि नवजात शिशु (जन्मेको २८ दिनभित्र)को समेत उपचार सेवा सञ्चालनमा ल्याउने जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ