arrow

डोटीमा नयाँ शक्तिको सिंगो कार्यसमिति माओवादी केन्द्रमा विलय

बाबुरामलाई अर्को ठक्कर

logo
कर्ण चन्द,
प्रकाशित २०७४ जेठ ११ बिहिबार
naya_sakti-mcYakata.jpg

डोटी । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको सिंगो जिल्ला कार्यसमिति माओवादी केन्द्रमा समाहित भएको छ । नयाँ शक्तिका केन्द्रीय कार्यकार्यणी सदस्य तथा जिल्ला संयोजक शिव सिंह ओलीको नेतृत्वमा सिंगो कार्यसमिति माओवादीमा समाहित भएको हो । स्थानीय तह निर्वाचनमा सहभागि हुन भन्दै नयाँ शक्ति जिल्ला निर्वाचन कार्यालयमा दर्ता भइसकेको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष तथा सचिवालय सदस्य विरबहादुर थापा, सचिवालय सदस्य योगेन्द्र खड्का समेत माओवादी केन्द्रमा फर्किएका छन् ।

नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय सदस्य भरत बोहरा ‘योगन्द्र’, भरत बोहरा ‘सेवक’, बलबहादुर ओली , द्यिद्यार्थी नेता डलब सिंह, अमर साउँद माओवादी केन्द्रमै फिर्ता भए ।

दिपायलमा नेकपा माओवादी केन्द्र र नयाँ शक्ति डोटीबीच पार्टी एकता तथा नेपाल कम्युनिष्ट पार्टीबाट पार्टी प्रवेश कार्यक्रम राखिएकामा नेता कार्यकर्ताको पुरानै घर फिर्ति भएको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीबाट राजीनामा दिएकै भोलिपल्ट डोटीमा यस्तो एकता भएको हो ।

कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्व मन्त्री लेखराज भट्टले एकताको सन्देश बोकेर जनतामाझ जानु खुसीको कुरा भएको बताए ।  नेता भट्टले भने ‘हामी युद्धकालमासँगै लडेका सहकर्मी केही असहमतिले अलग भएका थियौँ, माओवादी आन्दोलनको आवश्यकता अनुसार हामी एक ठाउँमा आएका छौं ।’

कार्यकर्ता र जनताको मागका आधारमा पार्टी एकता गरेको नयाँ शक्तिका जिल्ला संयोजक रहेका शिव सिंह ओलीले बताए । एकता कार्यक्रममा ओली भने ‘टुट फुटबाट ग्रस्त माओवादी आन्दोलन अब धुर्वीकरणको बाटोतर्फ उन्मुख भएको छ, कार्यकर्ताको एकताको धारणा सवै विभाजित केन्द्रीय नेताले महशुस गर्नु पर्छ ।’

डोटीमा भएको पार्टी एकता कार्यक्रमले देशमा महत्व राख्ने ओलीको भनाई छ । विप्लव निकट अखिल क्रान्तिकारीका अध्यक्ष विर बहादुर थापाले खोक्रा भाषण र नाराले देशमा रुपान्तरण नआउने भन्दै उनले माओवादी आन्दोलनमा सबै भन्दा उपयुक्त विकल्प माओवादी केन्द्र रहेको बताए ।

माओवादी केन्द्रका डोटी जिल्ला ईञ्चार्ज त्रिलोचन भट्टले विगत लामो समय देखि चल्दै आएको पार्टी एकताको कुराले बल्ल सार्थकता पाएको बताए । भट्टले भने ‘समयको माग अनुसार नेता र कार्यकर्ता चल्नु पर्ने हुन्छ, हामी निरन्तर कम्युष्टि र माओवादी आन्दोलनको धुर्वीकरणको पक्षमा छौं ।’

नयाँ शक्तिपार्टीको जिल्ला कार्यसमितिमा दुई खेमा भएपछि केन्द्रले यसअघि आफु संयोजक रहेको दावी गर्ने मोहन बम र अर्का नेता चन्द्रदेव ओझालाई कारबाही गरेको सूचना जारी गरेको थियो । केन्द्रमा निर्मल भट्टराईले धार परिवर्तन गर्दा बम र ओझा भट्टराईको साथमा लागे । भट्टराई एमाले गएसँगै दुवै एमालेतिरै लागेका छन् । नयाँ शक्तिको संगठन विस्तारै भत्किदै गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ