arrow

सरकारको विकल्प खोज्ने बेला भएको छैन : नेत्री कोइराला

logo
प्रकाशित २०७२ पुष १८ शनिबार
sujata.jpg.jpeg
वीरेन्द्रनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले अहिले नै सरकारको विकल्प खोज्ने बेला नभएको बताउनुभएको छ । प्रेस युनियन सुर्खेतले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेत्री कोइरालाले वर्तमान सरकारले राम्रो काम नगरे आफैँ ढल्ने भन्दै तत्काल विकल्प खोज्न आवश्यक नरहेको उल्लेख गर्नुभयो । जनताको हितका लागि र सबै राजनीतिक दलहरूसँग समन्वय गरी सरकारले काम गर्नुपर्ने सुझावसमेत नेत्री कोइरालाले दिनुभयो । 
 
सरकार ढाल्ने र बनाउने खेलले मुलुकमा अस्थिरता बढ्ने, विकास हुन नदिने भएकाले अब काँग्रेस यो खेलमा नलाग्ने र प्रतिपक्षमा बसेर भएपनि मुलुकमा स्थायित्व दिन लाग्ने उहाँले बताउनुभयो । पार्टीको आसन्न १३ औं महाधिवेशनमा आफूले कुनै एक महत्वपूर्ण पदमा उम्मेदवारी दिनेसमेत उहाँले बताउनुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ