arrow

' मुलुक अन्तराष्ट्रिय चलखेलको अखडा बन्दै '

logo
प्रकाशित २०७२ पुष १८ शनिबार
dhanraj-gurung.jpg.jpeg
श्रीकृष्ण सिग्देल, स्याङ्जा। नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा व्यवस्थापिका सांसद धनराज गुरुङले विदेशी कुटनीतिक नियोगका व्यक्तिहरुलाई जतिबेला पायो त्यती बेला भेट्ने कामले राष्ट्रियता कमजोर हुन थालेको बताएका छन्। नेपाल मगर संघ गल्याङ इकाई समितिको आयोजनामा गल्याङ बजार सरसफाई कार्यक्रमको उदघाटन गर्दै नेता गुरुङ्ले विदेशी राजदुत तथा कुटनीतिक नियोगका व्यक्तिहरुलाई मनलागेका बेला भेट्ने क्रमले मुलुकको राष्ट्रियता माथी गम्भिर चोट पुगेको बताएका हुन्। 
 
मधेशवादी मोर्चाले गरेको आन्दोलनको बहानामा नेपाल माथी भारतले लगाएको नाकाबन्दी कुटनीतिक मर्यादा विपरीत काम सरकार र दलका नेताहरुले गरेका कारण भएको उपज हो नेता गुरुङले भने। विदेशी कुटनीतिक नियोगलाई परराष्ट्र मन्त्रालय मार्फत भेट्ने विधि नवनाउने हो भने मुलुक अन्तराष्ट्रिय अखडा बन्ने चेतावनी दिए। 
 
व्यवस्थापिका सांसद समेत रहेका नेता गुरुङ्ले पहिचानका नाममा गरिने कुनै पनि आन्दोलनको तुक नहुने धारणा व्यक्त गरे। मधेशवादी मोर्चाले गरेको आन्दोलनले मुलुकलाई अत्यन्तै अप्ठ्यारो परिस्थितितर्फ लागेको बताउदै नेता गुरुङ्ले मधेशको मागप्रति सरकार गम्भिर नभएको आरोप लगाए। मधेस पनि नेपालको धर्ति हो, नेता गुरुङ्ले भने, “सम्वोधन गर्न सकिने मागलाई छिट्टै सम्वोधन गरेर समाधान गर्नुपर्छ। यसतर्फ काँग्रेस गम्भिर बनेको छ सरकार पनि गम्भिर हुनुपर्‍यो।”
 
उदघाटन कार्यक्रममा वोल्ने बक्ताहरुले सरकार गम्भिर नभएकाले नेपाली जनताले नाकाबन्दीको शिकार हुनुपरेको भन्दै समस्यालाई चाडो भन्द चाडो सुल्झाउन आग्रह गरे। समितिका अध्यक्ष जयश्वर राना मगरको अध्यक्षतामा भएको सरसफाई कार्यक्रममा सचिव मुक्तेश्वर राना, उपाध्यक्ष नरबहादुर सिंजाली मगर र सुवेदार चन्द्रबहादुर रखाली मगरले बोलेका थिए। गल्याङ बजारलाई पूर्ण सफाई गर्न मगर समुदायले सरसफाईको अभियानको थालनी गरेको हो। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ