arrow

‘वर्षका सन्तति’नामक प्रकृति काव्य सार्वजनिक

logo
प्रकाशित २०७२ पुष १८ शनिबार
sahitya.jpg.jpeg
काठमाडौँ। बाह्र महिनामा हुने प्राकृतिक विविधताका विषय समेटेर सातवटा शास्त्रीय छन्दमा ‘वर्षका सन्तति’ नामक प्रकृति काव्य सार्वजनिक गरिएको छ । कवि सुनील पौडेलले रचना गर्नुभएको काव्य उहाँका १० वर्षीय नाति सुमन पौडेलले आज आयोजित कार्यक्रममा विमोचन गर्नुभयो । कार्यक्रममा नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले साहित्य आनन्दको विषय भएकाले लेखन यात्रामा लागेको बताउनुभयो । 
 
एनेकपा (माओवादी)का प्रवक्ता दिनानाथ शर्माले राजनीतिक रुखो विषय र साहित्य आनन्दानुभूतिको काम भएको अनुभव सुनाउनुभयो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष सुधा त्रिपाठीले काव्यको समाजशास्त्रीय विश्लेषण गर्नुभएको थियो । विमोचन कार्यक्रममा विश्वभाषा क्याम्पसका क्याम्पस प्रमुख वामदेव अधिकारी, भूमिका लेखक ज्ञवाली र प्रभा बराललगायतले कृतिका विषयमा प्रकाश पार्नुभएको थियो । काव्यमा प्रत्येक महिनामा पर्ने चाडबाडका विषयमा पनि शास्त्रीय छन्दमा चर्चा गरिनुको साथै महिनालाई वर्षका सन्ततिका रुपमा उतारिएको जनाइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ