arrow

प्रम कप क्रिकेट: सुशानको उत्कृष्ठ बलिङले आर्मी द्वारा पुलिस पराजित

logo
प्रकाशित २०७४ जेठ १४ आइतबार
Cricket_PM_Army_police.jpg

काठमाडौं। प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गरेको छ। समहु 'बी'को अन्तिम खेलमा आर्मीले सेनालाई पराजित गर्दै समुह बिजेता बनेको छ। 

टस हारेर पहिले ब्याटीङ गरेको पुलिस २५.५ ओभरमा १०९ रनमा समेटिएको थियो। आफ्नो दुवै ब्याट्सम्यानहरुलाई शुन्या गुमाएको प्रहरीले तेस्रो विकेटकालागि ४८ रनको साझेदारी गर्दै खेलमा फर्किने प्रयास गरेको थियो। उसकालागि दिलिप नाथ र दिपेन्द्र ऐेरीले उक्त साझेदारी गरेका थिए। दिलिपले ५० रन बाएका थिए भने दिपेन्द्रले २२ रनको योगदान दिएका थिए। 

 तर मध्यक्रमका र पुछारका ब्याट्समयानहरु सम्हालिन नसक्दा खेल एकतर्फी भएको थियो। आर्मीका सुशान भारीले ६ विकेट लिएका थिए। उनले ७.५ ओभरमा १६ रन खर्चेका थिए। त्यसैगरि सोमपाल कामी र सागर पुन ले २-२ विकेट लिएका थिए। 

जवाफमा ब्याटीङ गर्न ओर्लेको आर्मीले ११० रनको लक्ष्य ३०.४ ओभरमा ३ विेकट गुामउँदै प्राप्त गरेको थियो। आर्मीले ११३ रन बनाएको थियो। आर्मीका कप्तान बिनोद भण्डारीले आउट नभई ४६ रन बानएका थिए भने नरेश बुडायरले आउट नभई ४१ रनको योगदान गरेका थिए। बिनोदले आफ्नो पारीमा १ छक्का र ७ चौका प्रहार गरेका थिए। 

पुलिसका ललित भण्डारीले २ चिकेट लिएाक थिए भने सुशील कंडेलले १ विकेट हात पारेका थिए। खेलको प्लेयर अफ द म्याच आर्मीका सुशान भारी घोषित भएका थिए। 

यो खेलसंगै समुह 'बी'का खेलहरु सकिएका छन्। यो खेल अघिनै आर्मी र पुलिस सेमीफाईनल प्रवेश गरिसकेका थिए। 

आर्मीले तीन खेलमा तीन जित हासिल गर्दै ६ अंक सहित पहिलो स्थान ओगटेको हो भने प्रहरीले सुदुरपश्चिमाञ्चल बिाकस क्षेत्र र पुर्वाञ्चल बिाकस क्षेत्रलाई पराजित गर्दै ४ अंकका साथ समुह चरणमा दोस्रो स्थान हासिल गरेको हो। 

सोमबारदेखि समुह 'ए'को समुह चरणको खेलहरु शुरु हुनेछ। 
 



नयाँ