arrow

जेष्ठ नागरिकको जीवन रक्षा गर्न माग

logo
प्रकाशित २०७२ पुष १८ शनिबार
बुढापाका.jpeg
काठमाडौँ। राष्ट्रिय जेष्ठ नागरिक महासङ्घले हालैका दिनमा बढ्दो चिसोका कारणले विभिन्न जिल्लामा ज्येष्ठ नागरिकको मृत्यु हुँदै आएको समाचारले मर्माहत बनाएको जनाएको छ । महासङ्घका अध्यक्ष डा. गौरीशङ्करलाल दास र महासचिव छत्रबहादुर प्रधानले संयुक्तरुपमा आज एक विज्ञप्ति जारी गरी सम्पूर्ण सरोकारवाला निकायलाई यसतर्फ गम्भीर हुँदै यथाशक्य उनीहरूको जीवन सहज बनाउन उचित व्यवस्थापनका लागि माग गरेका छन् ।
 
महासङ्घले भूकम्पपीडित परिवारलाई वर्तमान चिसोलाई दृष्टिगत गरी न्यानो कपडाका लागि सरकारले निकासा गरेको रु १० हजार अविलम्ब हस्तान्तरण गर्ने, पुनःनिर्माण प्राधिकरणले अस्थार्ई टहरामा बसोवास गरेका भूकम्पपीडित ज्येष्ठ नागरिकलाई लक्षित गरी ज्येष्ठ नागरिक मैत्रीआवास निर्माण कार्य अविलम्ब थालनी गर्न, पुनःनिर्माणको चरणमा रहेका ज्येष्ठ नागरिकमैत्री आवास निर्माण गर्न जिल्ला दैविप्रकोप उद्धार समितिलगायत अन्य सम्बन्धित निकायले जिल्लामा कार्यरत ज्येष्ठनागरिक सङ्घसँग सहकार्य र समन्वय गर्नसमेत माग गरेको छ । 
 
त्यसैगरी, महासङ्घले तराईका जिल्लामा बढी मात्रामा शीतलहरले कठ्याङ्ग्रिएका ज्येष्ठ नागरिकको दैनिकीलाई सहज बनाउन उचित खानपान, लत्ताकपडा, ओड्ने कम्बलजस्ता सामग्री वितरण गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पनि ध्यानाकर्षण गराएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ