arrow

सोमबार ४ बजे स‌ंसद्मा बजेट पेश हुने

logo
प्रकाशित २०७४ जेठ १४ आइतबार
Parliament_building.png

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको राजस्व र व्ययको विवरण(बजेट) व्यवस्थापिका–संसद्मा सोमबार अपराह्न चार बजे प्रस्तुत गर्दैछ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सदनसमक्ष रु १२ खर्बभन्दा बढीको बजेट प्रस्तुत गर्ने अनुमान गरिएको छ । स‌ंसद् सचिवालयका अनुसार सोमबार ४ बजे बजेट पेश गर्नको लागि बैठक बोलार्इएको छ ।

राष्ट्रिय योजना आयोगले रु ११ खर्ब ५६ अर्बको बजेट सीमा तोकेको थियो । नेपालको संविधान जारी भएपछिको यो दोस्रो बजेट हो । बजेटले संविधान कार्यान्वयन, निर्वाचन, ऊर्जा, पूर्वाधार, कृषि विकास, शिक्षा, स्वास्थ्य, गरिबी निवारणलगायत विषयलाई उच्च प्राथमिकतमा राखेर बजेट पेस गर्नेछ । 

गत वर्षको तुलनामा यो वर्ष स्थानीय तहमा अधिक रकम विनियोजन गरेर बजेट बनाइएको अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्रा डा पुण्यप्रसाद रेग्मीले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ