- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तले व्यक्तिगत रुपमा धेरैलाई सानो ठूलो सहयोग गर्दै आईन् । उनलाई सहयोगको हल्लावाजी गर्न पटक्कै मन लागेन ।
सानैबाट अरुको दुःख देख्न नसक्ने गायिका पन्तले धेरै बालबालिका तथा असहाय महिलालाई सहयोग गरिन् । उनी जहाँ सहयोगका लागि पुग्थिन प्राय सबैजसो ठाउँमा संस्थागत रुपमा सहयोग गर्न सल्लाह पाउथिन् ।
त्यही सल्लाहलाई आत्मसाथ गर्दै गायिका पन्तले ‘अन्जु पन्त फाउण्डेसन’ नामक संस्थाको स्थापना गरिन् ।
गायिका पन्तले त्यही संस्थामार्फत यसै साता एक परोपकारी काम गरिन् । उनले काठमाडौंको मुटु क्षेत्रबाट बग्ने बागमती किनारको सुकुम्बासी बस्तीका २ सय २५ बालबालिकालाई शिक्षाको उज्यालो घामबाट बञ्चित हुन नपरोस् भन्दै स्कुल व्याग तथा कापि, कलम वितरण गरेकी छन् ।
जागरण प्रि–प्राइमरी स्कूलको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा गायिका पन्तको हातबाट शैक्षिक सामग्री समाउँदै गर्दा बालबालिकाको ओठमा निर्दोष मुस्कान छरिएको थियो ।
प्राथमिक तहमा अध्ययन गर्ने बालबालिकालाई लक्षित गरी गरिएको कार्यक्रममा स्थानीय अभिभावक पनि उल्लेख्य रुवमा उपस्थित भए । यसरी एक लोकप्रिय गायिकाबाट आफ्ना नानीहरुले सहयोग पाएकामा स्थानीय अभिभावकहरुले खुशी व्यक्त गरे । गायिका पन्तले अब यसै संस्था मार्फत संस्थागतरुपमा नै परोपकारी काम गर्ने बताइन् ।
फाउण्डेसनको उद्देश्य बालबालिका, महिला र मानव बेचबिखनको क्षेत्रमा कार्य गर्ने समेत पन्तको भनाई छ । आफ्नो यो अभियानमा साथ दिने कलाकार, पत्रकार, समाजसेवी तथा अन्य शुभचिन्तकबाट फाउण्डेसनलाई कोषका रुपमा स्थापना गरेर निनरन्तर समाज सेवा गर्ने प्रेरणा मिलेको भन्दै गायिका पन्तले संस्था भर्खरै दर्ता भएकोले सुरुमै आवश्यकतामा परेका बालबालिकाहरुलाई सहयोग गर्न पाएकोमा आफु अत्यन्तै खुशी मिलेको बताएकी छन् ।
कार्यक्रममा चर्चित संगितकार अर्जुन पोखरेल, समाजसेवी थिर केसी लगायत व्यक्तिहरु उपस्थित थिए । कार्यक्रममा गायिका पन्तले पछिल्लो समय निक्कै नै चर्चामा रहेको गीत ‘म यस्तो गीत गाउँछु’गाएर बालबालिकालाई नचाएकी थिईन् । सो गीतमा संगीतकार अर्जुन पोख्रेलको शब्द तथा संगीत र अन्जु पन्तको स्वर छ ।