arrow

कण्डम र पिल्स निःशुल्क गर्ने सरकारले सेनेटरी प्याड पनि निःशुल्क गरोस्

logo
निमा गिरी
प्रकाशित २०७४ जेठ १५ सोमबार
sanitary-pads.jpg

काठमाडौं । महिनावारीको बिषयमा सुन्दा सामान्य लागे तापनि यसले सामाजिक जीवनमा पारेको प्रभाव डरलाग्दो छ, जो हामीले पढेको, देखेको र भोगेका छौं । 

बिशेषतः महिनावारी वा नछुने हुनु भन्ने कडाईको साथ पालना गर्ने समाज भनेको बाहुन क्षेत्री समाजनै अगाडी देखिन्छ ।
 
पहिलोपटक महिनावारी भएको छोरीले सुर्य र पुरुस९सुर्ज र मर्द०को मुख हेर्नु हुँदैन भनेर २१ दिनसम्म अध्यारो कोठामा राख्ने गरिन्छ । त्यहीबाट छोरी आफुलाई दोस्रो र कमजोर छोरी भएको महसुस गर्छन् । 

विभिन्न संघ संस्थाले (छाउपडी) यसको अन्त्यको लागि गोठ भत्काउने काम गरे । 

तर व्यक्ति, समाज भित्र जमेर बसेको गलत सोच भत्काउने सकेको देखिदैन । 

साथै हामी जुन सस्कारमा हुर्केका छौ त्यो सस्कार अन्तर्गत गरुण पुराणमा यदि महिनावारी नबारेमा नर्क जाने भन्ने आउँछ। जसको कारण अहिले पनि दिदि बहिनिहरु थप प्रभावित भएका छौं ।  

नेपालका बहुसंख्यक महिलाहरु महिनावारीको बिसयमा प्रताडित छन् चाहे सहरको होस् चाहे गाँउको । महिनावारि बार्ने शैली मात्र फरक छ तर सोच यौटै देखिन्छ चाहे त्यो शिक्षित वा अशिक्षित महिला ।

यो बिसयमा निरन्तर लेख्दै आउने डा अरुणा उप्रेती, गुल्मीका गंगा खड्का, सामाजिक संजालमा देखिएको केहि दर्जन संस्थाले काम गरेका छन् तर त्यसको स्वर मसिनो देखिएको छ । यो स्वरलाइ बुलन्द पार्नु पर्ने देखिन्छ । 

महिनावारिको समयमा यौटा महिलाले करिब ५ दिन उसको रगत प्रवाह हुन्छ । जसको लागि मध्यम तहको सेनिटरि प्याड प्रयोग गर्दा करिब ४०० मूल्य बराबर प्रत्येक महिना महिलाले पैसा खर्च गर्नु पर्छ । जुन अत्यन्त महँगो हो । 

बढी मुल्यको कारण पैसा अभावको कारण महिलाहरु फाटेको फरियाको टुक्रा फोहर फ्यालिएको कपडा प्रयोग गर्न बाध्य हुन्छन् र महिलाहरुको यौनांगमा संक्रमण हुने हुन्छ ।

नेपालमा धेरै स्वास्थ्यमन्त्रीहरु आउनु भो तर यो बिसयलार्इ महत्वपुर्ण बिषयको रुपमा उठान हुन नसकेको अवस्थामा यस वर्ष नेपाल सरकार स्वास्थ्य मन्त्रालयले सेनिटरी प्याडमा लगाउने १३ प्रतिशत कर र २५ प्रतिसत अन्तशुल्क नलगाउने गरि अर्थ मन्त्रालयमा यो प्रस्ताव पेस गरेको छ । 

आसा गरौ यो बर्षको बजेटमा कार्यान्वयन हुनेछ र बिषयको गाम्भीर्यतालाई बुझ्नेछ । 

जसरी सरकारले परिवार नियोजनका अस्थाई साधन पिल्स चक्की, तीन महिने संगिनी सुइ र कन्डम चाहे जति निःसुल्क लैजाने व्यवस्था प्रत्येक स्वास्थ्य चौकीमा गरेको छ। त्यसैगरी सेनिटरी प्याडलाइ पनि निसुल्क गर्ने कि !
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ