arrow

बल्ल रन्किइन् रेणु दाहाल, भन्छिन्–मैले जित्न लागें भनेर एमालेले षडयन्त्र गर्‍यो

logo
प्रकाशित २०७४ जेठ १५ सोमबार
renu-dahal.jpg

भरतपुर । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणना हुँदै गर्दा आइतबार राति मतपत्र च्यात्ने नयाँ घटना सार्वजनिक भएपछि आरोप र पत्यारोप बढ्दै गएको छ । 

माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले पनि घटनाप्रति दुःख व्यक्त गर्दै एमालेले आफूविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएकी छिन् ।

उनले माओवादीलाई बदनाम गर्न यस्तो घटना गराइएको आरोपसमेत लगाएकी छिन् । उनले भनिन्, ‘मैले जित्छु भन्ने देखेपछि एमालेले मतपत्र च्यातेको हो ।’

उनले आफूलाई ठूलो अन्याय भएकोसमेत बताएकी छिन् । 

दुई वटा वडाको मतगणना भइरहँदा रेणुले एमालेका उम्मेदवार देवी ज्ञवालीसंग सात सय मतको अन्तरमा झारेकी छिन् । 

मतगणना भइरहेको १९ र २० नम्बर वडा काँग्रेसको पकडमा रहेको वडा हो । काँग्रेस र माओवादी केन्द्रकी संयुक्त उम्मेदवार रेणु जितका लागि आतुर छिन् । तर अधिकांश समय देवी नै अगाडि रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ