arrow

सलमानले मागे सय करोड

logo
प्रकाशित २०७२ पुष १८ शनिबार
Salman.jpg.jpeg
मुम्बई । पछिल्लो फिल्म ‘प्रेम रतन धन पायो’ र ‘बजरंगी भाईजान’को सफलता पछि बलिउड अभिनेता सलमान खानको सान निकै बढेको छ । सम्भवत यी दुई फिल्मको सफलताका कारण यी अभिनेताले आफ्नो फिल्मी रेट पनि बढाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले फिल्म ‘सुल्तान’मा काम गर्नका लागि निर्मातासँगै सय करोड रुपैंयाँ पारिश्रमिक मागेका छन् । यो फिल्ममा उनी रेसलरको भूमिकामा देखिँदैछन्, जसका लागि उनले शरीरको तौल पनि निकै बढाएका छन् ।

यशराज फिल्मस्को व्यानरमा निर्माण भईरहेको यो फिल्मको नाफामा सलमानले आफ्नो हिस्सा पनि बराबरी लिने तयारीमा छन् । फिल्मको लागत ७५  करोड रुपैंयाँ छ । यसबाहेक प्रिन्ट र प्रचार खर्च २५ करोड छ । यो हिसाबले फिल्म रिलिज हुञ्जेलसम्म झण्डै सय करोड खर्च हुनेछ । यो खर्चमा सलमानको पारिश्रमिक जोडिएको छैन ।

फिल्मको अहिले धमाधम सुटिङ भईरहेको छ । हालसम्म फिल्मका लागि को नायिका हुने भन्ने फाइनल हुन सकेको छैन । यो फिल्मले ‘बजरंगी  भाईजान’कै जस्तो गरी बक्स अफिसमा सफलताको उचाई चुम्ने र करिब ३ सय २० करोड रुपैंयाँ कलेक्सन गर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

फिल्मको पुरै लागतलाई एकातिर राख्ने हो भने निर्मातालाई २ सय करोड रुपैंयाँ नेट नाफा हुनेछ । यहि कुरालाई बुझेका सलमानले निर्मातासँग सय करोड पारिश्रमिक माग गरेको हुनसक्ने अनुमान फिल्म विश्लेषकहरुले गरेका छन् । फिल्म इदको अवसरमा रिलिज हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ