arrow

मन्त्रिपरिषदकाे निर्णय : निर्वाचन सर्‍यो, अब असार ९ गते

राजपालाई सुविधा

logo
प्रकाशित २०७४ जेठ १५ सोमबार
cabinet-naya-news-aa.jpeg

काठमाडौं । सरकारले आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गतेका लागि सारेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णयसँगै निर्वाचन कार्यतालिका समेत फेरिने र उम्मेदवारी दर्ता लगायत सबै प्रक्रिया हेरफेर हुने बताइएको छ ।
आइतबार साँझ बालुवाटारमा बसेको मुख्य दलहरुका शीर्ष नेताहरुको बैठकमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउन चुनावको मिति केही दिन सार्ने समझदारी भएको थियो ।

लगतै प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेर नयाँ मिति प्रस्ताव गरेका हुन् । राजपाका नेताहरुले चुनावमा आउने संकेत गरेका छन् ।

बैठकमा सहभागि सहकारीमन्त्री हृदयराम थानीले निर्वाचन सरेको र निर्वाचनको कार्यतालिका हेरफेर हुने बताए । राष्ट्रिय जनता पार्टी नेपाल चुनावमा आउने ग्यारेन्टी भने अझै भइनसकेको बताउँदै उनले भने, ‘यो सुविधा दिइएको हो । आउने नआउने पक्का भएको छैन ।’ प्रमुख प्रतिपक्षी एमालेसँग भने पहिले नै परामर्श गरेर मिति सारिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ