arrow

गुटका कारण काँग्रेस कार्यकर्ताको मनोवल गिर्‍योः केसी

logo
प्रकाशित २०७२ पुष १८ शनिबार
arjun-narsingh.jpg.jpeg
शिव देवकोटा, नुवाकोट। नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेस भित्र पार्टी भन्दा पनि गुटहरु वलियो देखिने अवस्थाले कार्यकर्ताको मनोवल गिराएको वताउँदै गुटहरुको द्वन्दकै कारण पार्टी कमजोर वन्दै गएको वताएका छन्। पार्टीको १३ औं महाधिबेशनले गुटहरुको अन्त्य गरि पार्टी वलियो वनाउने संवन्धमा महत्वपूर्ण निर्णय गर्ने बिश्वास व्यक्त गर्दे केसीले पार्टी भित्र समग्र एकताको आवश्यकता रहेकोमा समेत जोड दिए।
 
शनिवार नुवाकोटमा नेपाल बिद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा काँग्रेस नेता केसीले पार्टीमा योगदान गर्नेहरु पुरस्कृत नहुने तर नेताको फेर समातेको भरमा जोसुकै पुरस्कत भईहाल्ने प्रबृत्तीको अन्त्य आवश्यक रहेको वताउँदै नेतामुखी वन्दै गएको पार्टीलाई नीतिमुखी वनाउन आफूहरु क्रियाशिल रहेको स्पष्ट पारे।
 
पार्टीको आसन्न १३ औं महाधिबेशनले समग्रमा पार्टीलाई जीवन्त वनाउन महत्वपूर्ण दिशानिर्देश गर्ने उल्लेख गर्दे त्यसक्रममा काँग्रेस नेता केसीले हरेक कार्यकर्ताले आफूलाई सम्मानित महशुस गर्ने अवस्था सिर्जना नभएसम्म पार्टी जीवन्त वन्न नसक्ने वताए।
 
कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी र निवर्तमान सभापति धु्र्व अधिकारीले १३ औं महाधिबेशनले समग्र एकताको वातावरण निर्माण गरि गतिशिल नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका थिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ