arrow

३ वर्षभित्र सबै नेपालीलाई अनिवार्य स्वास्थ्य विमा 

logo
प्रकाशित २०७४ जेठ १५ सोमबार
budget.JPG

काठमाडौं । सरकारले आगामी ३ वर्ष भित्र सबै नेपालीलाई अनिवार्य स्वास्थ्य विमाको व्यवस्था गरिने जनाएको छ । आर्थिक वर्ष २०७४ ७५ को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले यस अघि रहेका स्वास्थ्य क्षेत्रका योजनाहरुलाई थाँती राख्दै डायलाईसिस सेवालाई पूर्ण निशुल्क बनाईएको जानकारी दिएका छन् । 

सिकल्सेल एनिमेसनको लागि क्षेत्र विस्तार गर्ने, म स्वस्थ, मेरो देश स्वस्थ भन्ने अभियानलाई विस्तार गर्दै विद्यार्थीहरुबीच स्वास्थ्य सम्बन्धि विभिन्न अभियानहरु सञ्चालन गरिने जानकारी दिए । 

नेपालमा पाईने जडिबुटीहरुलाई स्वदेश मै प्रशोधन गरी औषधि उत्पादन गरिने, योगलाई सबै नेपालीमा पुर्याउने र औषधि उत्पादनका लागि सरकारले सिंहदरबार बैद्यखानाको क्षमता विस्तार गरिने पनि महराले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ