- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। पश्चिमाञ्चल बिकास क्षेत्रको बिष्फोटक ब्याटिङका वावजुद पश्चिमाञ्चल सशस्त्र प्रहरी बल (एपीएफ)सँग १६ रनले पराजित भएको छ। बर्षाले प्रभावित खेल डकवर्थ-लेविस नियममा खेलिएको थियो।
सौरभले आफ्नो पारीमा ४९ बलमा ११ छक्का र ३ चौकाको मदतले आउट नभई ९० रन बनाएका थिए। २० ओभरमा १४८ रनको लक्ष्य पच्छ्याएको पश्चिमाञ्चल ६ विकेटको नोक्सानीमा १३१ रनमा समेटिएको थियो। सौरभले १९औं ओभरमा अविनाश बोहोरालाई १ ओबरमा ५ छक्का प्रहार गरेका थिए।
टस हारेर पहिले ब्याटीङ गरेको एपीएफले ३७ ओभरमा ४ विकेट गुामउँदै १६० रन बानउँदा बर्षाका कारण खेल रोकिएको थियो। उसकालागि सुवास खकुरेलले ५० रन बनाएका थिए। त्यसैगरि कप्तान ज्ञानेन्द्र मल्लले आउट नभई ३३ रन बनाएका थिए भने प्रदिप ऐेरीले आउट नभई ४५ रनको योगदान दिएका थिए।
पश्चिमाञ्चलका लाल अधिकारीले २ विकेट लिएका थिए भने धिरज शाही र बिपिन खत्रीले १-१ विकेट हात पारेका थिए।
जवाफमा ब्ायटीङ गर्न ओर्लेको पश्चिमाञ्चलले ९.२ ओभरमा ३३ रन बानउँदा ६ विकेट गुमाईसकेको थियो। त्सयपछि आएका सौरभले एक्लै ९० रन बनाए भने बाँकी ब्याट्सम्यानहरुले दोहोर अंकको स्कोर बनाउन सकेका थिएनन्।
एपीएफका कप्तान ज्ञानेन्द्र मल्ले ३ विकेट लिएका थिए भने सन्दिप झोरा, अविनाश बोहोरा र भुवन कार्कीले १-१ विकेट लिएका थिए। खेलका प्लेयर अफ दि म्याच सौरभ खनाल घोषित भएाक थिए।
मंगलबारको खेल मध्यमाञ्चल बिकास क्षेत्र र मध्य-पश?चिम बिकास क्षेत्रका बिच हुने छ।