arrow

देशका विभिन्न ८ स्थानमा क्रिकेट मैदान बन्ने, बजेट तलब खान नपुग्ने

logo
प्रकाशित २०७४ जेठ १५ सोमबार
mahara1.JPG

काठमाडौं । नेपालको खेल जगतको विकासका लागि सरकारले आर्थिक वर्ष २०७४÷०७५ का लागि २ अर्ब २४ करोड बजेट विजियोजन गरेको छ ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै काठमाडौंको मुलपानीमा बन्न लागेको अन्तर्राष्ट्रि क्रिकेट स्टेडियम निर्माणलाई निरन्तरता दिने र देशका अन्य आठ स्थानमा क्रिकेट मैदान बनाउने योजना सुनाए । महराले नेपाली फुटबललाई जुझारु बनाउन विभिन्न प्रयत्नहरु गर्ने र खेलकुदको उपयुक्त वातावरण बनाउने बताए ।

महराले युवा र खेलकुदका लागि पनि राज्यले उचित लगानी गर्ने बताए । यद्यपि, सरकारले विजियोजन गरेको बजेट खेलकुदको क्षेत्रमा काम गर्ने कर्मचारीलाई नै तलब भत्ता खानै नपुग्ने टिप्पणी भएको छ ।



नयाँ