arrow

चीनमा मोडल र एयरहोस्टेज छान्नुअघी युवतीहरुलाई यस्तो गरिन्छ

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
model.jpg.jpeg
काठमाडौं। चीनमा युवतीहरु मोडेल वा एयरहोस्टेज बन्नका लागि अर्धनग्न भएर अडिसनमा भाग लिनुपर्ने एक चीनियाँ अनलाइनले लेखेको छ। उत्तर पूर्वी चीनको विद्यालय तह पार गरेका १ हजार भन्दा बढी युवतीहरुले बार्षिक रुपमा हुने अडिसनमा भाग लिएको पिपुल्स डली अनलाइनले जनाएको हो। युवतीहरुले मोडल वा एयरहोस्टेज बन्ने आशामा अडिसनमा भाग लिएका थिए जहाँ उनीहरुले विकिनी र एयरहोस्टेजको पहिरन लगाएर हिडेका थिए। त्यसक्रममा उनीहरुको शारिरिक अवस्था हेरिएको थियो। 
 
सहभागिहरु मध्येबाट सुन्दर शारिरिक बनावट, सुन्दर मुहार, मिठो स्वर, पातलो शरीर र शरीरको देखिने ठाउँमा सहभागिहरुको कुनै दाग र खत छ वा छैन समेत अडिसनमा मूल्याङकन गरिएको थियो। एयरहोस्टेजको अडिसनमा छनौट हुन कम्तिमा ५फिट ६ इन्च हुनुपर्ने नियम बनाइएकव थियो। तर अत्यन्तै सुन्दर युवती भएमा ५फिट ५ इन्चले पनि फरक नपर्ने अडिसनको आयोजक ओरेन्टल व्युटीले जनाएको छ। 
 
अडिसनमा भाग लिन चीनको स्यानदोङ, हेवेइ, सान्सी, जिलिन लगायतका स्थानबाट युवतीहरु आएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ