arrow

हरिवशंले भने सरसफाई अभियानले दाङलाई देशमै परिचित बनायो

logo
प्रकाशित २०७४ जेठ १६ मंगलबार
haribansa-dhang.jpg

दाङ। दाङको तुलसीपुरमा संचालन भएको क्लिन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियानका क्रममा मंगलवार देशकै चर्चित हास्यव्यग्यं कलाकार हरिवशं आचार्य सहभागी भएकाछन्।

उनले ४१औ हप्ताको सरसफाई अभियानको सुभारम्भ गर्दै सरसफाई अभियानले तुलसीपुरलाई देशमै परिचित गराउन सफल भएको भन्दै प्रशंसा गरेका थिए। कलाकार हरिवशं आचार्यले सरसफाई अभियान प्रत्येक मानव जिवनका लागि अनिवार्य रहेको भन्दै यसमा सबैको सहभागिता रहनुपर्ने बताए। उनले धुलो र धैसोको शहर ले परिचित नेपालको राजधानि काठमाडौ बासीले दाङको यो सरसफाई अभियानबाट केहि पाठ सिक्नुपर्ने भन्दै तुलसीपुरवासीहरुलाई यो अभियानलाई निरन्तरता दिनुपर्ने सुझाव दिए। 

सरसफाई अभियानमा उहाँकी धर्मपत्नी रमिला आचार्यको पनि सहभागीता रहेको थियो। ४१ औ हप्ताको नेतृत्व हेल्पीङ हेन्ड्स दाङले गरेको थियो। सो अवसरमा हेन्ड्स कि अध्यक्ष प्रतिक्षा पौडेलले सरसफाई अभियान मा आफुहरुको हरेक हप्ता सहभागीता रहने बताए। उनले हरेक सामाजिक काममा आफ्नो संस्थाको सहभागीता र सहयोग रहने समेत प्रतिवद्धता व्यक्त गरेका थिए। 

तुलसीपुरको विरेन्द्रचोकमा औपचारिक कार्यक्रम गरेर अभियानको शुरुवात गरिएको सरसफाई अभियान क लाईनमा सरसफाई गरिएको तुलसीपुर उद्योग वाणिज्य संघ का अध्यक्ष एवं सरसफाई अभियानका संयोजक विमल रिजालले जानकारी दिए।

अध्यक्ष रिजालले राष्ट्रका वरिष्ठ कलाकारहरु, राजनितिज्ञ, विभिन्न विभागका मन्त्रिहरु तथा आम तुलसीपुरवासीहरुको चासोको रुपमा रहेको सरसफाई अभियान निरन्तर संचालन हुने समेत बताए। मंगलवारको कार्यक्रमको सहजिकरण   वाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीले गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ