arrow

राजदूत सिंहलाई कान्तिपुर सिटी कलेजको सम्मान

'केसीसी'का संस्थापक प्रिन्सिपल सिंह भए साउदीका राजदूत

logo
प्रकाशित २०७४ जेठ १६ मंगलबार
mahendra-singh.png

काठमाडौं । कान्तिपुर सिटी कलेजका संस्थापक प्रिन्सिपल प्रा.डा.महेन्द्र सिंह साउदी अरेबियाका लागि नेपालको राजदूतमा नियुक्त भएकोमा  कान्तिपुर सिटी कलेजले सम्मान गरेको छ ।

 कलेजले मंगलबार एक कार्यक्रमकाबीच राजदूत सिंहलाई सम्मानपत्र र विशेष उपहार प्रदान गरेको हो । कान्तिपुर सिटी कलेजले आयोजना गरेको सो कार्यक्रममा कलेजका संस्थापक अध्यक्ष हेमन्त शमशेर राणा, कलेजका वर्तमान अध्यक्ष सुमन कटवाल, प्रबन्ध निर्देशक प्रल्हाद कार्की र पत्रकारिताका प्राध्यापक रामकृष्ण रेग्मीले सिंहलाई सामुहिक रुपमा सम्मान प्रदान गरे ।


कार्यक्रममा प्रा.डा. सिंहले नेपालको शिक्षा क्षेत्र र कान्तिपुर सिटी कलेजमा पुर्‍याएको योगदानका बारेमा चर्चा गरिएको थियो । नेपालको शिक्षा क्षेत्रमा लामो समयसम्म योगदान पुर्‍याएका राजदूत सिंह त्रिभुवन विश्वविद्यालयको पूर्व रजिस्ट्रार समेत हुन् ।

राजदूत प्रा.डा.सिंहले आफूले साउदी अरेबियिामा रहेर नेपालको श्री बृद्धि एवम् त्यहाँ रहेका नेपालीहरुको सहयोग र समन्वयका क्षेत्रमा कामगर्ने बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ