arrow

पत्रकारको समाजबाटै कदरः उपचार कोषलाई रु ५२ हजार

logo
प्रकाशित २०७४ जेठ १७ बुधबार
hospital-equipment.jpeg

भद्रपुर । झापाको बिर्तामोड बुट्टाबारी निवासी समाजसेवी रामकुमार कन्दङ्वाले पत्रकार सहारा उपचार कोषका लागि रु ५२ हजार प्रदान गरेका छन् । 

समाजसेवी कन्दङ्वाले मङ्गलबार उक्त रकम नेपाल पत्रकार महासङ्घ, झापा शाखाका अध्यक्ष तारामणि सापकोटा र महासङ्घका उपाध्यक्ष एवम् पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गरे । 

कन्दङ्वाले मानव सेवा त्यसमा पनि घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पुर्याउन पत्रकार महासङ्घले थालेको अभियान अनुकरणीय रहेको भन्दै सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ