- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। पश्चिमाञ्चलका राम्रा फर्ममा रहेका ब्याट्सम्यान सौरभ खनालको उत्कृष्ट ब्याटीङले पश्चिमाञ्चल बिकास क्षेत्रले मध्यमाञ्चल बिकास क्षेत्रलाई ९५ रन ले पराजित गरेको छ।
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा पश्चिमाञ्चलको यो पहिलो जित रहेको छ। टस हारेर पहिले ब्याटीङ गरेको पश्चिमाञ्चलले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०२ रन बनाएको थियो।
सौरभले ५८ बलमा ६ छक्का र तीन चौकाको मदतले आउट नभई ७८ रन बनाएका थिए। यसअघि सौरभले सशस्त्र प्रहरी बल बिरुद्ध ९१ रनको पारी खेलेका थिए।
त्यसैगरि कप्तान अन्तिम थापाले ३४ रन बनाएका थिए भने अनिल गुरुङले २८ रनको योगदान दिएका थिए। मध्यमाञ्चलका किशोर महतोले ३ विकेट लिएका थिए।
जवाफमा ब्याटीङ गर्न ओर्लेको मध्यमाञ्चल ४०.३ ओभृमा सबै विकेट गुमाउँदै १०७ रनमा समेटिएको थियो। ईशान पाण्डेले सार्वाधिक २४ रन बनाउँदा किशोर महतोले आउट नभई २० रन बनाएका थिए।
फश्चिमाञ्चलकालागि लाल अधिकारी र रोहित पौडेलले ३-३ विकेट लिएका थिए। त्यसैगरि बिपीन अधीकारीले २ विेकट लिएका थिए।
खेलका प्लेयर अफ म्याच सौरभ खनाल घोषित भएका थिए।