- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगलिश क्लव आर्सनलका म्यानेजर आर्सन वेंगर त्यस्ता प्रशिक्षक बनेका छन् जो रिटायर्ड हुने नामै लिन्नन् । उनी २३ वर्षसम्म आर्सनलमा रहने छन् ।
सन् २०१९ सम्म उनी आर्सनलमै रहने पत्रमा सम्झौता भइसकेको छ । नयाँ सम्झौता हुने क्रममा उनको तलव पनि ह्वात्तै बढेको छ । वेंगर आर्सनलमा नरहने सम्भावना थियो ।
तर एफए कप फुटबलमा शनिबार राति चेल्सीलाई २–१ लाई हराएर उपाधि जिताएपछि एकाएक वैंगर नै बेष्ट मानिए ।
फ्रेन्च प्रशिक्षक वेंगर सन् १९९६ मा पाँच लाख पाउण्ड प्रतिवर्ष खाने गरी आर्सनलमा छिरेका थिए । त्यसपछि उनी निरन्तर आर्सनलमै छन् ।
अहिले भने उनको तलव बढेर ८० लाख पाउण्ड प्रतिवर्ष पुगेको छ ।
उनले बुधबारमात्रै दुई वर्षका लागि सम्झौतापत्रमा हस्ताक्षर गरे ।
६ फिट ३ इन्च अग्ला वेंगर ६७ वर्षका भइसके ।