arrow

एमालेको अवरोधका कारण बिहिबार पनि संसद् चलेन

logo
प्रकाशित २०७४ जेठ १८ बिहिबार
Nepal-Parliament-October9.jpg.jpeg

काठमाडौँ। व्यवस्थापिका–संसद्को बिहिबारको बैठक पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ ।

भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा मतपत्र च्यातिएको घटनाको विरोध गर्दै आएको एमालेले बिहिबार दोस्रो दिन सदन अवरोध गरेको हो । बैठक आरम्भ हुनासाथ एमालेका सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।

एमालेका सांसदहरु उठेपछि नियमापत्ति गर्दै नेकपा (माओवादी केन्द्र)का रामनारायण बिँडारीले बोल्न समय माग गरे तर उनले बोल्न पाएनन् ।

विरोध जनाइरहेका सांसदहरुलाई बस्न आग्रह गर्दा नमानेपछि सभामुख ओनसरी घर्तीले विपक्षीले अवरोध गरेको अवस्थामा संसद्को कार्यबाही अघि बढ्न नसक्ने जनाएर बैठक यही जेठ २१ गते आइतबार बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको घोषणा गरिन् ।

स्थानीय तहको निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकामा केही मतपत्र च्यातिएका नाममा पुनः मतदान नगराई मतगणना जारी राख्नुपर्ने एमालेको माग छ ।

बिहिबारको बैठकमा बहुमतका आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्नेसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने र आगामी आर्थिक वर्षको सरकारको बजेटमाथि छलफल गर्ने कार्यसूची थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ