arrow

रुपन्देहीमा बस दुर्घटना, ६ को मृत्यु

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
रुपन्देही । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । घटनामा परी ६ जना घाईते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
 
मृतक मध्ये ४ जनाको मात्रै सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ५ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।  मृतक मध्ये बर्दिया तारातालका २२ वर्षिय कुशल शर्मा, कञ्चनपुर भिमदत्त नगरपालिका ५ का ३५ वर्षिय प्रकाश शाही, रुपन्देही देवदेहकी ३५ वर्षिया शान्ति दर्जी र बाराका  ३२ वर्षिय चुरक शाहको सनाखत भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
 
प्रहरीका अनुसार नारायणघाटबाट नेपालगन्जका लागि छुटेको ना ४ ख ६८४१ नम्बरको बस रुपन्देहीको देवदेह नगरपालिका १० घोडाहा जंगलमा अनियन्त्रित भएर पल्टिएको प्रत्यक्षदशीले बताएका छन् ।
 
दुर्घटनामा गम्भीर घाइते भएका ४ जनालाई उपचारका लागि भरतपुर लगिएको छ । अरु १२ जनालाई भने सामान्य उपचारपछि गन्तव्य तर्फ लागेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ