arrow

ठुला नेताको जिल्लामा छ करोड

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
इलाम.gif.gif
इलाम । निर्वाचन क्षेत्र विकासका लागि सरकारले इलाम जिल्लालाई चालु आव ०७२÷७३ का लागि रु छ करोड १० लाख बजेट विनियोजन गरेको छ । 
 
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट तीनवटा निर्वाचन क्षेत्रका लागि रु एक करोड ५० लाखका दरले र निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट सांसदले थप रु २० लाखका दरले ६० लाख पाउने गरी कुल  पाँच करोड १० लाख विनियोजन गरेको हो । 
 एक करोड ५० लाखका पूर्वाधार विकास कार्यक्रम कार्यान्वयनका लागि निर्वाचित सांसदले १२ वटा योजना छनोट गर्नुपर्ने जिल्ला विकास समितिले जनाएको छ । 
 
समानुपातिकतर्फ रु २० लाखका दरले पाँचजना सांसदको रएक करोड प्राप्त भएको जिविसले जनाएको छ । निर्वाचन क्षेत्र नं १ का झलनाथ खनाल र क्षेत्र नं २ का सुवासचन्द्र नेम्वाङले योजना छनोट गरिसके पनि निर्वाचन क्षेत्र नं ३ का सांसद केशव थापासहित समानुपातिक सांसद कुलबहादुर गुरुङ, सुजता परियार, सूर्यवाला राई, लीला श्रेष्ठ र नागेन्द्र कुमालले योजना छनोट गरेका छैन्न ।
 
 
यो वर्ष समयमा नै बजेट कार्यान्वयनको अख्तियारी आएकाले विगतमा जस्तो बजेट दुरुपयोग हुन नसक्ने गरी कार्यान्वयन गरिने स्थानीय विकास अधिकारी मदन कोइरालाले बताए ।यसअघि आवको अन्त्यतिर बजेट कार्यान्वयन थालिने भएकाले विनियोजित रकम बराबरको काम नभएको सरोकारवालाको भनाइ छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ