- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ)ले मध्यफस्चिम बिरुद्ध सहज जीत हासिल गरेको छ। सन्दिप सुनारको उत्कृष्ट ब्याटिङले एपीएफको सहज जीत भएको हो। उनले ८३ बलमा ५ छक्का र ७ चौकाको मदतले ८७ रन बनाएका थिए।
टस हारेर पहिले ब्याटीङ गरेको मध्यपश्चिमले निर्धारित ५० ओभरमा ८ विेकटको नोक्सानीमा १८१ रन बनाएको थियो। उसकालागि अनुपम सिंह र सिद्धान्त शाहीले सातौं विकेटकालागि ६८ रनको साझेदारी गर्दै सम्मानजनक स्कोर खडा गरेका थिए।
अनुपमले ९५ बलमा ५६ रन बनाएका थिए भने सिद्धान्त शाहीले ३५ रन बनाएाक थिए। त्यसैगरी तेस्रो नंबरमा आएका राजबिर सिंहले ३७ रनको योगदान गरेका थिए। एपीएफका भुवन कार्कीले ३ विकेट लिएाक थिए भने अविनाश बोहोराले २ विकेट हात पारेका थिए।
जवाफमा ब्याटीङ गर्न ओर्लेको एपीएफले २८.२ ओभरमा ५ विेकटको नोक्सानीमा १८४ रन बानउँदै बिजय भएको थियो। उसकालागि सन्दिपले ८७ रन बनाएाक थिए भने आशिफ शेखले ४० रनको योगदान दिएका थिए।
मध्यपश्वचिमाका अमर राउटेला र बिजय चौधरीले २-२ विकेट लिएका थिए भने आकाश बिष्टले १ विकेट हात पारेका थिए। खेलको प्लेयर अफ दि म्याच सन्दिप सुनार घोषित भएका थिए।