arrow

काँग्रेस र एमालेबाट एकै पदमा दुई भाइ उमेद्वार

logo
घनश्याम पौडेल ।
प्रकाशित २०७४ जेठ १९ शुक्रबार
2-vai.jpg

अर्घाखाँची । एकै घरका दुई भाई फरकफरक पार्टीबाट एउटै पदमा चुनावी मैदानमा भिड्ने भएका छन्। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ७ अडगुरीमा एकैघरका दुई दाजुभाई चुनावी मैदानमा भिड्ने भएका हुन्। उनीहरु एकजना काँग्रेसबाट र अर्को एमालेबाट उम्मेदवार हुने भएका हुन्।  

लामो समयदेखि नेपाली काँग्रेसको राजनिति गरेका अनुप कुमार महत्रालाई काँग्रेसले वडा सदस्यमा उम्मेदवार बनाएको छ । अनुप नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलको गाविस सचिव, उपाध्यक्ष हुँदै नेपाली काँग्रेस अडगुरीको कोषाध्यक्ष भएका थिए। उनी काँग्रेस अड्गुरीको उपाध्यक्ष पदमा समेत गरि करिब ३० वर्ष नेपाली काँग्रेसको राजनीतिमा क्रियाशिल रहेका छन्। 

नेपाली काँग्रेस अड्गुरीका सभापती फर्सबहादुर श्रेष्ठका अनुसार अनुप नेपाली काँग्रेस जिल्ला कार्य समितीको प्रचारप्रसार विभागको सदस्यमा पनि रहेका छन् । अहिले उनलाई नेपाली काँग्रेस अडगुरीले वडा सदस्यमा उम्मेदवार बनाएको छ। अनुप लोकप्रिय नेता भएको स्थानियले बताए । 

त्यस्तै नेकपा एमालेले पदमबहादुर महत्रालाई वडा सदस्यको उम्मेदवार बनाएको छ । अनुप र पदम भाइभाइका छोरा हुन । पदमबहादुर महत्रा लामो समय नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलको महाधिवेशन प्रतिनिधी हुदै नेपाली काँग्रेसको राजनीतिमा थिए । 

पदम २०६९ साल चैत्रमा काँग्रेसबाट असन्तुष्ट भई एमालेमा प्रवेश गरेका थिए । पार्टी भन्दा पनि व्यक्तीका कारणले उनले पार्टी छोडेको बताए । अहिले उनी एमाले अडगुरीको खुल्ला सदस्य पदमा चुनावी मैदानमा छन् । 

लामो समय एउटै पार्टीमा बसी राजनिति गरेका अनुप महत्रा र पदम महत्रा अहिले फरकफरक पार्टीबाट सदस्य पदमा चुनावी मैदानमा हुँदा धेरैलाई भने उनीहरुलाई चयन गर्ने कुरामा धर्मसंकट पर्ने पक्का छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ