arrow

भारत विरुद्दको मैत्रीपुर्ण फुटबलका लागि नेपाली टोलीको घोषणा

logo
प्रकाशित २०७४ जेठ १९ शुक्रबार
Nepal-football-team.jpg.jpeg

यही जुन ६ मा मुम्बईमा हुने भारत विरुद्दको मैत्रीपुर्ण फुटबल खेलका लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ । शुक्रबार एन्फाद्वारा सार्वजनिक गरिएको २० जनाको टोलीमा ३ गोल किपर, ७ डिफेन्डर, ७ मिल्डफिल्डर तथा ३ फरवार्ड रहेका छन्। नेपाली प्रशिक्षक कोजि ग्योत्कुको टोलीमा पर्न नेपालका नियमित कप्तान अनिल गुरुङ असफल रहे उनिसँगै चर्चामा रहेका अर्का फरवार्ड कर्ण लिम्बु पनि अन्तिम टोलीमा पर्न सकेनन्। यस्तै डिफेन्डर रबिन श्रेष्ठ पनि चोटका कारण टोलीबाट बाहिरिए। नेपालले जुन ६ मा भारतसँग मुम्बईमा मैत्रीपुर्ण खेल खेल्ने छ। नेपालको टोलीमा पर्न सफल खेलाडीहरुको नामावलीः-

गोल किपर 

१)बिकेश कुथु
२)किरण कुमार लिम्बु
३)विशाल श्रेष्ठ
डिफेन्डर
४) बिराज महर्जन
५) अनन्त तामाङ
६) आदित्य चौधरी
७) कमल श्रेष्ठ
८) देबेन्द्र तामाङ
९) जितेन्द्र कार्की
१०) बिमल बस्नेत
मिडफिल्डर
११) रोहित चन्द
१२) विशाल राई
१३) हेमन गुरुङ
१४) अञ्जन बिष्ट
१५) सुजल श्रेष्ठ
१६) सुमन लामा
१७) हेमन्त थापा मगर
फरवार्ड
१८) भरत खवास
१९) नवयुग श्रेष्ठ
२०) बिमल घर्ती मगर



नयाँ