arrow

दक्षिण एसियाली खेलकुद : प्राथमिकतामा २३ खेल

logo
प्रकाशित २०७४ जेठ १९ शुक्रबार
Nepal_National_Olympic_Committee.jpg

काठमाडौँ । नेपाल ओलम्पिक कमिटीले १३औँ दक्षिण एसियाली खेलकुदमा फुटबल, भलिबल, कराते लगायत २३ खेललाई प्राथमिकता दिने निर्णय गरेको छ ।

कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको बैठकले यही २३ र २४ गते भुटानमा हुने दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा ती खेललाई प्रस्ताव गर्ने निर्णय गरेको हो । त्यसैगरी एक महिनापछि तुर्कमिनिस्तानको राजधानी आस्गाबाटमा हुने एसियन इन्डोर गेम्समा नेपालले सहभागिता जनाउने निर्णय गरेको छ ।

आधुनिक ओलम्पिक खेलकुद सुरुआत भएको दिन असार १० गते (जुन २३) को सम्झनामा आगामी असार ३ देखि १० गतेसम्म कमिटी मातहतका सबै सङ्घसंस्थालाई उत्सव गर्न बैठकले निर्देशन दिएको छ ।



नयाँ