arrow

जासूस रणवीर–क्याट्रिनाको यस्तो लुक्स

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
ranbir_kat2.jpg.jpeg
मुम्बई । पाँच वर्ष पछि फिल्म ‘जग्गा जासुस’मा सँगै देखिन लागेका बलिउ जोडी रणवीर कपुर र क्याट्रिना कैफको पहिलो लुक्स सार्वजनिक भएको छ । यो जोडीले सन् २०१० मा फिल्म ‘राजनीति’मा देखिएपछि कुनै पनि अन्य फिल्ममा स्क्रिन शेयर गरेका थिएनन् । 

रणवीरले इन्स्टाग्रामको फ्यान पेजमा फिल्मको पहिलो मुहार राखेका हुन् । फोटोमा दुवैजना टिनेजर रुपमा देखिएका छन् । दुवैले चस्मा लगाएका छन् र निकै हैरानीका साथ केही बस्तुलाई हेरिरहेका छन् ।  स्रोतका अनुसार फिल्ममा रणवीरले जासुसको भूमिका निर्वाह गरेका छन् भने क्याट्रिनाले उनको असिस्टेन्टको भूमिकामा अभिनय गरेकी छन् । फिल्ममा रणवीरले आफ्नो पिताको खोजी गरिरहेका छन् ।

लामो समयदेखि रोकिएको फिल्मको सुटिङ केही समय अघिदेखि शुरु भएको छ । फिल्म आगामी जुन महिनामा रिलिज हुनेछ । अनुराग बसुले निर्देशन गरिरहेको यो फिल्ममा गोविन्दाले पनि अभिनय गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ