- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बर्मिंघम । च्याम्पियन्स ट्रफी क्रिकेटमा न्यूजिल्याण्ड र अष्ट्रेलियाबीचको खेल वर्षाले गर्दा रद्द भएको छ ।
बर्मिंघममा शुक्रबार राति पटक पटक वर्षाले खेल रोकिएपछि दुवै टिम १–१ अंक बाँड्न वाध्य भए ।
खेल रद्द हुनुअघि पहिले ब्याटिंग गरेको न्यूजिल्याण्डले ४५ ओभरमा अलआउट हुँदै २९१ रन बनायो ।
कप्तान केन विलियमसनले १०० रन बनाए । जोस हाज्लेउडले ६ विकेट लिए ।
प्रतिउत्तरमा अष्ट्रेलियाले ९ ओभर खेल्दा ३ विकेटको नोक्सानीमा ५३ रन जोड्दा बर्षा भएपछि नरोकिंदा त्यत्तिकै सकियो ।
ट्रफीको तेस्रो खेलमा शनिबार श्रीलंका र दक्षिण अफ्रिका भिड्दै छ । दुई टिम पहिलो पटक भिड्दै छन् । खेल दिउसो ३ः१५ मा हुनेछ ।