arrow

जमाना फेरियो : आजका किशोरकिशोरी यौन तथा प्रजननबारे खुलेरै कुरा गर्छन्

logo
प्रकाशित २०७४ जेठ २० शनिबार

गौशाला। महोत्तरी बर्दिवासका किशोरकिशोरीले यौन तथा प्रजनन् स्वास्थ्यबारे खुलेरै कुरा गर्न थालेका छन् । बर्दिवास अस्पतालमा २०७० सालदेखि सञ्चालित किशोरकिशोरी मैत्री यौन तथा प्रजनन् स्वास्थ्य सेवा क्लिनिकले

 

 

अभियानका रुपमा सुरु गरेपछि यस क्षेत्रका किशोरकिशोरीले यसबारे खुलेर कुरा गर्न सक्षम भएका हुन् । 

क्लिनिकले त्यस क्षेत्रका विद्यालय, कलेजलगायतका शैक्षिक संस्थामा पढ्ने १० वर्षदेखि १९ वर्ष उमेर समूहका किशोर किशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्यबारे सहज र सरल रुपमा जानकारी दिन थालेपछि उनीहरुले यसबारे खुलेरै कुरा गर्न थालेको क्लिनिकका परामर्शदाता शान्ता थापाले बताए। 

अस्पताल परिसरमै सुरक्षित र सुविधा सम्पन्न त्यस क्लिनिकले किशोरकिशोरीलाई किशोरावस्थामा आइपर्ने समस्या, चुनौतीलगायतका प्रत्येक कुराबारेमा परामर्श दिनुका साथै परिवार नियोजन, यौन, एचआइभी एड्स तथा प्रजनन् स्वास्थ्य, पोषण, सुरक्षित गर्भपतन, मेडिकल र स्वास्थ्य शिक्षा तथा सञ्चारलगायतका सेवा निरन्तर रुपमा प्रदान गरिरहेका छन् । 

विगत चार वर्षदेखि निरन्तर रुपमा सञ्चालित सो क्लिनिकमा त्यस क्षेत्रका किशोरकिशारीलाई विभिन्न स्वास्थ्य सेवा दिनुका साथै अन्य उमेर समूहका युवायुवती तथा महिला पुरुषलाई पनि सुरक्षित यौन व्यवहारका कुरा सिकाउनु र सुरक्षित यौन सम्पर्कका साधन वितरण गरिने गरिएको बर्दिवास अस्पताल प्रमुख डा विधानचन्द्र झाले बताए । यसैगरी क्लिनिकले यस क्षेत्रमा यौन हिंसा, जबरर्जस्ती करणी र आकस्मिक रुपमा यौन दुराचारमा परेकालाई पनि उचित परामर्श र गर्भपतनसम्मको सेवा प्रदान गर्ने गरिएको देखिएको छ । 

युएनएफपीएको आर्थिक एवम् प्राविधिक सहयोगमा निरन्तर रुपमा सञ्चालित सो क्लिनिक त्यस क्षेत्रका किशोर किशोरीका लागि निक्कै उपायोगी सावित भएको स्थानीय किशोर सनी महतोले बताए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ