arrow

फिल्मका भिलेन अनुरागले दिए बालबालिकालाई न्यानो कपडा

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
Anurag.jpg.jpeg
काठमाडौं। प्राय फिल्ममा नकारात्मक अर्थात भिलेनको छवि बनाएका कलाकार अनुराग मानसिंह कुँवरले आफ्नो जन्मदिनको अवसर पारेर वृद्धवृद्धा तथा बालबालिकाहरुलाई खाद्यन्न तथा लत्ताकपडा वितरण गरेका छन्। गत शुक्रबार परेको जन्मदिनमा उनले बालाजुमा रहेको हिमालय वृद्धाआश्रममा एक महिनालाई पुग्ने खाद्यान्न, ग्यास र दाउरा प्रदान गरे भने पेप्सीकोलामा रहेको फ्युचर विक नेपाल बाल आश्रमका १८ बालबालिकाहरुलाई जाडोको न्यानो कपडा दिए। 
 
उनले बालबालिकाहरुसँग जन्मदिनको केक काटेर खुसीयाली समेत बाँडे। उक्त बाल आश्रमकी अध्यक्ष रिता शिवाकोटीले कलाकार कुँवरको यस प्रकारको कार्यले आफ्ना बालबालिकाको मुहारमा मुस्कान आएको र उनीहरुले जाडोको न्यानो कपडा पाएकोमा आफ्नो संस्था आभारी रहेको बताइन्। विगत दुई वर्षदेखि सञ्चालन हुँदै आइरहेको यो बाल आश्रममा आमाबुबा गुमाएका आर्थिक स्तर न्यून रहेका बालबालिकाहरुले आश्रय तथा अध्ययनको सुविधा पाइरहेका छन्। 
 
‘खुसी बाँडौं भन्ने मात्रै मेरो चाहाना हो।’ बालबालिकामाझ अनुराले भने। बाल आश्रमको वर्थ डे सेलिव्रेसनमा उनीसँगै कलाकार किरण केसी, संगीतकार चेतन सापकोटा र नायक संयम पुरी पनि सहभागी थिए। झण्डै एक दशकदेखि नेपाली फिल्म क्षेत्रमा कलाकारिता गर्दै आइरहेका अनुरागले विगतका आफ्ना जन्मदिनहरुमा पनि यस प्रकारको सामाजिक सेवा गर्दै आइरहेका छन्। ‘के यो माया हो’ देखि कलाकारिता प्रारम्भ गरेका उनी अभिनित पछिल्लो फिल्म ‘रातो घर’ विदेश प्रदर्शनको क्रममा छ। उनले भूकम्प प्रभावित कलाकार, प्राविधिक तथा सञ्चारकर्मीहरुलाई पनि नगद रकमसँगै जस्ता पाता पनि वितरण गरेका थिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ