arrow

उपासना महिला सहकारीमा महर्जन

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
upasana-sahakari-agm2.jpg.jpeg
काठमाडौं । सीतापाईला स्थित उपासना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड (उपासना साकोस)को अध्यक्षमा पुनः अमरावती वलामी (मर्हजन) निर्वाचित भएकी छिन् ।  संस्थाको शनिवार सम्पन्न छैटौं साधारणसभाले पुनः मर्हजनको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति, तीन सदस्यीय लेखा समिति र तीन सदस्यीय शिक्षा उपसमिति सर्वसम्वत रुपमा चयन गरेको हो । 

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा ललना बज्राचार्य (मानव), सचिवमा शान्ति लक्ष्मी महर्जजन, कोषाध्यक्षमा ईन्दिरा चालिसे रहकी छिन् । त्यस्तै सदस्यहरुमा सानुनानी व्यञ्जनकार, पवित्रा केसी, पुष्पादेवी वलामी, तुलसा खड्का र राखीखनाल रहेकी छिन् । त्यसैगरी साधारण सभाले उर्बसी रेग्मीको संयोजकत्वमा लेखा समिति गठन गरेको छ । समितिको सदस्यहरुमा मैयाँ चापागाई र रामप्यारी श्रेष्ठ रहेकी छिन् । सरिता थापा (खड्का) संयोजक रहेको शिक्षा उप समितिको सदस्यहरुमा सावित्रि कुँवर र ज्योति श्रेष्ठ रहेकी छिन् । 

उपासना सहकारी पैसा किन्ने र बेच्ने सहकारी मात्र नभई महिलाहरुको क्षमता बृद्धि गरि विभिन्न विषयमा महिलाहरुलाई सक्षम बनाउने एउटा उदाहरणीय महिला सहकारी भएको अध्यक्ष महर्जनले बताईन । आम सदस्यहरुको आवश्यकता र चाहना अनुरुपका काम गर्दै आएको र आगामी दिनमा अझ बढी सदस्य केन्द्रीत कार्यक्रम ल्याउने बताईन ।  

२०६६ साउन ६ गते डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भई भदौबाट आर्थिक कारोबार शुरु गरेको यस संस्थाले १३ सय सदस्यहरु बीच साढे तीन कारोडको कारोबार गरीरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ