गाईघाट(उदयपुर) । सहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरीले भारतले अहिले नेपालविरुद्ध अघोषित रुपमा लगाएको नाकाबन्दी नहटाएसम्म वर्तमान प्रधानमन्त्रीले भारत नटेक्ने बताएकी छन् ।
प्रेस चौतारी नेपाल उदयपुरद्वारा आइतबार सदरमुकाम गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा उनले एकातिर भारतले नेपालका प्रधानमन्त्रीलाई फोन गरेर भारत भ्रमण गर्न निम्तो दिन्छ्, अर्कातिर नेपालमा अघोषित रुपमा आर्थिक नाकाबन्दी लगाएर नेपाली जनतालाई महासङ्कटमा पार्छ भनिन् ।
भारतले हेपाहा प्रवृित्त देखाएको तथा सीमा नाका र दशगजा क्षेत्रमा भारतीय जनता र सुरक्षाकर्मीलाई नै नेपालविरुद्ध आन्दोलन गर्न मधेसीलाई सघाइरहेको बताउँदै उनले ९० प्रतिशत भन्दा बढी जनप्रतिनिधिद्वारा पारित भएर जारी भएको संविधानलाई १० प्रतिशत प्रतिशत केही आन्दोलनकारीले बन्धक बनाउन खोजिरहेको आरोप पनि लगाईन् ।
अहिले उत्तरी छिमेकी देश चीनसँगको व्यापारिक सम्झौता गर्न र उत्तरी नाका खोलेर दुई देशबीचको व्यापार सहज बनाउन प्रधानमन्त्री छिट्टै चीन भ्रमणमा जाने उनले बताईन् ।