arrow

४ बजे तीन दलको बैठक, ६ बजे मोर्चासँग निर्णायक वार्ता

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
Barta.jpg.jpeg
काठमाडौं । केही समयदेखि अड्किईरहेको मधेशी मोर्चासँगको सरकारको वार्ता आइतबार साँझ हुने भएको छ । मधेशी मोर्चासँग वार्ता हुनु अघि अपरान्ह ४ बजे प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत माओवादीबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता हुनेछ । तीन दलको वार्ता सकिएपछि मधेशी मोर्चासँग वार्ता हुनेछ ।

स्रोतका अनुसार साँझ हुने वार्तामा सरकारले अघि सारेको ४ बुँदे प्रस्ताव र मधेशी मोर्चाको ११ बुँदे मागपत्रमाथि छलफल हुनेछ । वार्तामा प्रमुख तीन दलले संविधान संशोधन विधेयकमा मधेसी मोर्चासँग सहमतिको प्रयास गर्नेछन्, जसका लागि उनीहरु  विधेयकको भाषामा परिमार्जन गर्न सहमति नजिकसमेत पुगिसकेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ