arrow

बलिउडमा बढ्न थाले सेक्स कमेडी फिल्म

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
adultcomedy.jpg.jpeg
मुम्बई । बलिउडमा सेक्स कमेडी फिल्मले निकै तेज गतिले बाटो लिईरहेको छ । कम बजेटका यी फिल्मको कमाई पनि राम्रै गरिरहेको छ । त्यसकारण पनि निर्माताहरु यस्ता फिल्म बनाउन आकर्षित भईरहेका छन् । 

सन् २०१६ मा सेक्स कमेडीमा आधारित रहेर बनेका धेरै फिल्म रिलिज हुँदैछ । ‘मस्तीजादे’, ‘क्या कुल है हम ३’ र ‘ग्रेट ग्रैड मस्ती’ नयाँ वर्षमै रिलिज हुँदैछन् । ‘क्या कुल है हम’ र ‘मस्तीजादे’ यसै महिनामा रिलिज हुँदैछन् । यी फिल्मको ट्रेलरले दर्शकबीच उत्सुकता पैदा गरिदिएको छ ।
फिल्म विश्लेषकहरु बलिउडमा युवाहरुको सोचमा परिवर्तन आईसकेकाले पनि सेक्स कमेडी फिल्म बनाउने क्रम बढेका हो । बलिउडको बक्स अफिसमा ‘विक्की डोनर’, ‘क्या सुपर कुल है हम’, ‘डेल्ही बेली’ जस्ता फिल्मले उत्कृष्ठ व्यापार ग¥यो जसकारण पनि बलिउडमा यस्ता फ्लेबरका फिल्म बनाउने क्रम बढ्दै गएको छ ।

व्यापार विश्लेषक अभय राठी भन्छन्,‘अन्तर्राष्ट्रिय बजारमा धेरै सेक्स कमेडी फिल्म लोकप्रिय छन्, भारतको कुरा गर्दा विगत पाँच वर्षमा यस्ता फिल्मले निर्माणको प्रश्रय पाईरहेको छ । त्यसकारण पनि नयाँ वर्ष सेक्स कमेडी फिल्मको व्यापार कस्तो हुनेछ भन्ने हेर्नुपर्नेछ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ