arrow

भारतले पाकिस्तानमाथि निकाल्यो शानदार जित

logo
प्रकाशित २०७४ जेठ २२ सोमबार
india-pakistan.jpg

बर्मिंघम । आइसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले विजयी सुरुआत गरेको छ । भारतले पाकिस्तानमाथि १२४ रनको फराकिलो जित निकालेको हो । 
बेलायतको बर्मिंघममा भएको वर्षाले पटक पटक अवरुद्ध गरेको खेलमा भारतले पहिले ब्याटिंग गर्दै ४८ ओभरमा ३ विकेट गुमाएर ३१९ रन बनायो । 

रोहित शर्मा ९१, विराट कोहली नटआउट ८१, शिखर धवन ६८, युवराज सिंह ५३(३२ बलमा) र हार्दिक पाण्डेयाले नटआउट २०(८ बलमा) रनको योगदान दिए । 

जवाफमा डर्क वर्थ लुइस नियम अनुसार ४१ ओभरमा २८९ रनको नयाँ लक्ष्य पाएको पाकिस्तानले ३३.४ ओभरमा अलआउट भएर १६४ रनमात्र बनाउन सक्यो । 
ओपनर अजर अलीले ५० रन बनाए । अनुशासित बलिंग गर्ने क्रममा उमेश यादवले ३ तथा हार्दिक पाण्डेया र रविन्द्र जडेजाले २–२ विकेट लिए । 
प्रतियोगिताको पाँचौं खेलमा सोमबार दिउँसो अष्ट्रेलिया र बंगलादेश खेल्नेछन् । पहिलो खेलमा अष्ट्रेलियाले न्यूजिल्याण्डसंग अंक बाँडेको थियो भने बंगलादेश इंगल्याण्डसंग पराजित भएको थियो ।
 



नयाँ