arrow

सद्भावना वार्तामा नजाने, सरकारले माफि माग्नुपर्ने शर्त !

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
sadbhawana.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा साँझ हुने भनिएको निर्णायक वार्तामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक सद्भावना पार्टी नजाने भएको छ । सद्भावना पार्टीका महामन्त्री मनिषकुमार सुमनले आफुहरु वार्तामा कुनै पनि हालतमा सहभागि नहुने बताए । उनले हाम्रा कुरासंग भने,‘हामी बार्तामा सहभागि हुँदैनौ ।’ मैले विज्ञप्ती जारी गरिसकेको छु । सरकारले आफुहरुले अघि सारेका ११ बुँदे मागमा हाल सम्म कुनै प्रतिक्रिया नजनाएको सुमनको तर्क छ ।
 
दमन गर्ने वर्तमान सरकारसंग वार्तामा बस्नुको औचित्य नरहेको बताएका महामन्त्री सुमनले मोर्चा फुटेको स्वीकार गरेनन् । उनले मोर्चा अट्टुट रहेको बताए । यद्यपि, पार्टीले छुट्टै आन्दोलन घोषणा गरिसकेको र गतिविधि छुट्टै रुपमा अघि बढ्ने उनको भनाई छ ।
 
सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले वार्तामा जाने नजाने बारे कुनै टुंगो नलागेको जानकारी दिए । उनले भने,‘म वीरजन्जमा छु, एक हप्ता भन्दा बढी समय देखि काठमाडौंमा के भयो भन्नेबारे मलाई थाह छैन ।’ आफ्ना नेताहरु कोही कतै कोही कतै भएकाले बसेर कुराकानी गर्ने अवसर नपाएको कर्णले बताए । यद्यपि, कर्णले सरकारसंग वार्ता गर्न जानु पहिले आफुहरुको शर्त पुरा हुनुपर्ने तर्क गरे । उनले भने,‘सरकारले राजेन्द्र महतोमाथि जुन दमन गरेको छ, त्यसप्रति माफी माग्नु पर्दछ ।’ शर्त पूरा नभए सरकारसंग वार्ता गर्न नजाने पार्टीका अडान रहेको कर्णले सुनाए । 
 
सुमनले आफ्नो फेसवुकमा अकाउन्टमा जारी गरेको विज्ञप्ती 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ