arrow

बालबालिकासँग नाँच्दै स्वेताले मनाईन् नयाँवर्ष

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
Menuka-Sweta.jpg.jpeg
काठमाडौं। अभिनेत्री स्वेता खड्काले अंग्रेजी नयाँ वर्ष रक्षा नेपालका बालबालिकामाझ मनाएकी छन। रक्षा नेपालको कार्यालयमा आयोजना गरिएको विशेष कार्यक्रममा उनले त्यहाँ रहेका बालबालिकामाझ दिल खोलेर नाँच्दै नयाँ वर्ष मनाईन्। २०१४ को अगस्ट महिनामा बिबाह भएको २५ दिनमै आफ्नो श्रीमान नायक श्रीकृष्ण श्रेष्ठलाई गुमाएकी उनले भनिन्- २०१४ बेहोसिमै बित्यो भने २०१५ बिछिप्तता मै बित्यो। अब २०१६ मा  समाजको लागि केहि गर्न चाहान्छु र श्रीकृष्णले देखेको अधुरा सपना पुरा गर्न चाहान्छु।''
 
स्वेता जनवरी १ मा रक्षा नेपाल पुगी रक्षा नेपालको सेल्टरमा संरक्षित २५० जना महिला र बालबालिका लाइ एक दिनको खाना खुवाईन। यो एक दिनको खाना धेरै ठुलो सहयोग हैन भन्दै उनले रक्षा नेपालकी अध्यक्ष मेनुका थापालाई यो प्रसङ्ग कहिँ कतै नउठाई दिनुहोला भनेकी भए पनि मेनुका थापाले यो धेरै ठुलो र महत्वपुर्ण सहयोग हो भन्दै स्वेताको प्रसंसा गरिन।
 
मेनुका थापाले भनिन्- इन्धनको चरम संकटको बेलामा उनले गरेको भोजन सेवालाई पैसामा तुलना गर्न सकिदैन, तैपनि उनले नया वर्षमा उपस्थितलाई खुवाउन भनेर ४० हजार रुपैया सहयोग स्वरूप अघिल्लो दिननै रक्षा नेपाललाई दिएकी थिइन्।''

केही दिन अघि मात्र उनले अभिनेता पति स्वर्गीय श्रीकृष्ण श्रेष्ठको ४५ औं जन्मजयन्तीमा घर आँगन नेपालमा आश्रित बालबालिका तथा दृष्टिविहिनलाई लत्ताकपडा सहयोग गरेकी थिईन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ