arrow

प्रम कप क्रिकेट: नेपाल प्रहरी फाईनल प्रवेश

logo
प्रकाशित २०७४ जेठ २२ सोमबार
Cricket_PM_SF1.jpg

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा बर्षातले मुख्य भुमिका खेलेलको खेलमा नेपाल प्रहरी क्लबले सशस्त्र प्रहरी बल (एपीएफ)लाई ३४ रनले पराजित गर्दै फाईनल प्रवेश गरेको छ।

प्रहरीले फाईनल खेल पश्चिमाण्चल बिाकस क्षेत्र र त्रिभुवन आर्मीको बिजेतासँग खेल्नेछ।

टस हारेर पहिले ब्याटीङ गरेको  प्रहरीले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको नोक्सानीमा २५२ रन बनाएको थियो। उसकालागि कुशल भुर्तेलले ५२ रन बनाएका थिए। त्यसैगरि सिद्धान्त लोहनीले ४० र दिपेन्द्र सिंह एैरीले ३७ रनको योगदान गरेका थिए। 

एपीएफका अनिल साहले ३ विकेट लिएका थिए भने अरुन ऐेरी र कप्तान ज्ञानेनद्र मल्लले २-२ विकेट लिएका थिए। 

जवाफमा ब्याटीङ गर्न ओर्लेको एपीएफले २८.३ ओभरमा ६ विकेट गुमाएर १३८ रन बानउँदा बर्षाले खेल अवरुद्ध हुन पुगेको थियो। त्यस स्थितीमा खेल हुन नसकेपछि डकवर्थ-लेविस (डिएल) नियम लगाउँदा प्रहरी ३४ रनले बिजयी भएको हो। 

कप्तान ज्ञानेन्द्र मल्ल र पृथु बाँस्कोटाले राम्रो साझेदारी गर्दै आफुलाई जित तिर अघि बढाएाक थिए तर पृथु रनआउट भएपछि डिएल स्कोर आकासिएको थियो। प्रहरीका ललित राजवंशीले ३ विेकट लिएका थिए। 

खेलका प्लेयर अफ दि म्याच कुशल भुर्तेल घोषित भएका थिए। दोस्रो सेमीफाईनल मंगलबार पश्चिमाञ्चल र त्रिभुवन आर्मी क्लबका बिच हुनेछ। 



नयाँ