- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
लन्डन । इंगल्याण्डमा जारी च्याम्पियन्स ट्रफी क्रिकेटमा अष्ट्रेलियाले लगातार दोस्रो खेलमा पनि वर्षाको सामना गर्नुपरेको छ । योसंगै दुवै खेलमा अष्ट्रेलियाले बराबरीमा रोकिनु परेको हो ।
पहिलो खेलमा न्युजिल्याण्डसंग वर्षाका कारण एक अंक बाँडेको अष्ट्रेलियाले दोस्रो खेलमा बंगलादेशसंग सोमबार राति पनि अंक बाँडेको हो ।
लन्डनको केनिंगटन ओभलमा पहिले ब्याटिंग गरेको बंगलादेशले ४४.३ ओभरमा अलआउट हुँदै १८२ रन बनायो ।
ओपनर तमिम इक्वालले ११४ बलमा ९५ रन बनाउनु बाहेक शकिब अल हसन र मेहन्दी हसन मिराजलेमात्र दोहोरो अंक जोडे ।
मिचेल स्टार्चले २९ रन खर्चेर ४ विकेट लिए । जवाफमा सामान्य चुनौती पछ्याएको अष्ट्रेलियाले १६ ओभरमा १ विकेटको नोक्सानीमा ८३ रन बनाइसकेको थियो ।
तर वर्षाले त्यसअघिको खेल सम्भव नभएपछि अष्ट्रेलिया दुई खेलबाट २ अंकमै रहेर थन्किएको छ ।
सेमिफाइनलमा प्रवेश गर्न अष्ट्रेलियालाई अन्तिम खेलमा इंगल्याण्डलाई हराउनै पर्ने दबाब हुनेछ ।
अष्ट्रेलियाको समूहबाट इंगल्याण्डले बंगलादेशलाई हराएसंगै ३ अंक बटुलेको छ । त्यस्तै न्यूजिल्याण्ड र बंगलादेशको १–१ अंक छ ।
मंगलबार इंगल्याण्ड र न्यूजिल्याण्ड खेल्दैछन् । यो खेल जिते इंगल्याण्ड सेमिफाइनलमा पुग्ने पहिलो टिम बन्नेछ ।