arrow

१६ औं वर्षमा सुबिसु, चाँडै ७५ जिल्ला पुग्ने

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
Anniversary.jpg.jpeg
काठमाडौं । नेपालको एक अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट प्रालिले १५ औं बर्ष पुरा गरी १६ औं वर्षमा प्रबेश गरेको छ । सन् २००० देखि केबल टिभीबाट सेवा सुरु गरेको सुबिसुले हाल सुचना तथा संचारसँग सम्बन्धित सेवाहरु घरेलु प्रयोजनदेखि व्यवसायिक प्रयोजनका लागि देशको ६४ जिल्लामा प्रदान गदै आएको छ र निकट भविष्यमा नै ७५ जिल्लामा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य राखेको छ । 
 
वार्षिकोत्सवको अवसरमा सुबिसुको प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउदले भने ‘सुबिसु सफलतापूर्वक १६औं वर्षमा प्रवेस गर्नुमा हाम्रा ग्राहकहरुको निरन्तर साथ, माया र विश्वास हो । हामी ग्राहकहरुको यहि साथ, माया र विश्वास सदैब हामिसंग रहोस भन्ने चाहान्छौ र  आगामी दिनहरुमा आफुले प्रदान गर्ने सेवालाई अझ उच्चस्तरीय बनाई ग्राहकहरुलाई सन्तुष्ट दिलाउन निरन्तर प्रयासरत रहनेछौं ।’

सुबिसु केवलनेट (प्रा.) लि.ले केवल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम पि एलएसभिपिएनएस, व्यान एथर्नेट, होलसेल आइपिट्रान्जिट, एमभिपि, डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा विजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

सुविसुले क्लियर टिभी सेवा पनि दिईरहेको छ ।  यो नेपालको पहिलो डिजिटल केवल टेलिभिजन सेवा हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ