arrow

नेपाल भारत सम्बन्धमा उतारचढाव आउँदैनः अभयकुमार

भारतीय दुतावासका प्रथम सचिव अभय कुमारले नेपाल र भारतवीच समान सस्कृति भएकोले दुई देशवीचको सम्बन्धमा उतारचढाव आउ

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
avaya-kumar1.jpg.jpeg
काठमाडौ । नेपालस्थित भारतीय दुतावासका प्रथम सचिव अभय कुमारले नेपाल र भारतवीच समान सस्कृति भएकोले दुई देशवीचको सम्बन्धमा उतारचढाव आउनै नसक्ने दावी गरेका छन ।  नेपालको साढे तीन वर्षे कार्यकाल समाप्त गरी बढुवा भएर डेपुटी काउन्सिलर मिनिष्टरको रुपमा ब्राजिल सरुवा भएका सिंहको विदाईमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाल र भारतका कलाकार, साहित्यकारहरुवीचको सम्बन्ध सुमधुर रहेको बताए । 

अभयकुमारले भने,‘सस्कृति यस्तो बन्धन हो जसलाई कसैले तोड्न सकेन । सस्कृति स्थीर हुन्छ । यो लामो समयको लागि हुन्छ । यसमा उतार चढाव आउँदैन । । राजनीतिले यसमा कुनै असर पर्दैन ।’ उनले आफूलाई नेपाल छाडेर जाने ईच्छा नभए पनि जागिरको लागि जानु पर्ने बाध्यता बताउँदै धेरै देश भ्रमण गरे पनि नेपाल जस्तो मुलुक कतै नदेखेको बताए । 

अभयकुमारले भने,‘ भुगोल र अर्थतन्त्रले कुनै पनि देश महान हुँदैन । कुनै पनि देशलाई महान त्यहाँका जनताले बनाउँछन नेपालीहरुले नेपाललाई महान बनाएका हुन । नेपालीहरुको विनम्रता, सौहाद्रता, अथिति सत्कार र कठिनाईको बेला पनि मुस्कुराउन सक्ने क्षमता अतुलनीय छ ।’

उनले आफ्नो कार्यकालमा आफूले दुई देशका जनतालाई नजिक ल्याउने प्रयास गरेको बताउँदै यस क्रममा पोयमाण्डु, सिनेमाण्डुसहितका कार्यक्रम नेपाल टेलिभिजन र दुरदर्शनवीच सस्थागत सम्बन्ध, प्रेस काउन्सिवीच एमओयू भएको, खेलकुद परिषदवीच सम्बन्धको एमओयू भएको, काठमाडौ–बनारस, जनकपुर–अयोध्या र बोधगया–लुम्बिनीवीच सिष्टरसीटको सम्झौता आफ्नो कार्यकालको उपलब्धि भएको गनाए । 

क्लबका अध्यक्ष ऋषि धमलाबाट पशुपतिको प्रतिभा हस्तान्तरणसहित विदाई सम्मान ग्रह गर्दै त्यसकोलागि क्लब र अध्यक्ष धमलालाई धन्यबाद दिदै क्लबले नेपाली मिडिया क्षेत्रमा खेलेको भुमिका अतुलनीय भएको बताए ।  उनले सो क्रममा आफूले नेपाली भाषमा लेखेको कविता संग्रह जात्राका केही कविताहरु बाचन गरेका थिए । खादाँ र पशुपति नाथको प्रतिमासहित विदाई गर्दै क्लबका अध्यक्ष धमलाले ठाकुरको कार्यकालमा नेपाल भारत सास्कृतिक सम्बन्धमा महत्वपूर्ण भूमिका निर्वाह गरेर कार्यकाललाई सफल बनाएको भन्दै आगामि कार्यकालको सफतलाको कामना गरे । 

उनले भने,‘ तपाईको कार्यकालमा नेपाल र भारतको प्रेस र सास्कृतिक क्षेत्र क्षेत्रमा अहिलेसम्मकै ऐतिहासिक काम भएको छ । तपाईले दुई मुलुकका जनतालाई एक ठाँउमा ल्याएर भाईचारालाई अझै मजबुद बनाउनु भएको छ । यो क्रम जारी रहोस ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ