arrow

प्रम कप क्रिकेट: रोमाञ्चक सेमीफाईनलमा पश्चिामञ्चल बिरुद्ध आर्मी बिजयी

logo
प्रकाशित २०७४ जेठ २३ मंगलबार
Cricket_PM_SF_2.jpg

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमीफाईनल खेलमामा त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चल बिकास क्षेत्रलाई ४ विकेटले पराजित गर्दै फाईनल प्रवेश गरेको छ। बिहीबार हुने फाइनलमा त्रिभिवन आर्मी क्लब र नेपाल पुलिस क्लब आमने-सामने हुनेछन्। 

टस हारेर पहिले ब्याटीङ गरेको पश्चिमाञचलले निर्धारित ४९ ओभरमा ९ विकेटको नोक्सानीा २३५ रन बनाएको थियो। गत रातीको बर्षातले मैदान पुर्ण रुपमा नसुखेकोले खेल १-१ ओभर छोट्याईएको थियो। 

आर्मीका सागर पुन, अनिल मण्डल र राजेश पुलामी मगरले उत्कृष्ट ब्याटीङ गर्दै आफ्नो टोलीलाई बिजयी बनाएका थिए। सागरले ६५ रन बनाएका थिए भने अनिल मण्डलले ४८ रनको योगदान गरेका थिए। त्यसैगरि प्लेयर अफ दि म्याच राजेशले आउट नभई ५५ रन बनाएका थिए। 

आर्मी ४८.२ ओभरमा ६ विकेटको नोक्सानीमा २४१ रन बानउँदै बिजय भएको थियो। तीनै जना ब्याट्सम्यानले सुझबुझपुर्ण ब्याटीङ गर्दै आफ्नो टोलीलाई फाईनल सम्मको यात्रा तय गराएका थिए। 

कमजोर शुरुवात गरेको पश्चिमाञ्चललाई सौरभ खनाल र कृष्ण कार्कीले सम्मानजकनक स्कोर बनाउन मदत गरेका थिए। ६६ रन हुँदा सात विकेट गुामईसकेको पश्चिमाञ्चललाई सौरभ र कृष्णले आठौं विकेटकालागि १४५ रनको साझेदारी गरेका थिए। 

सौरभले ८६ बलमा ८ छक्का र २ चौकाको मदतले ८२ रन बनाएका थिए भने कृष्णले ८९ बलमा ६ छक्का र २ चौकाको मदतले ७५ रनको योगदान दिएका थिए। 

यो प्रतियोगितामा उच्च फर्ममा रहेका सौरभलाई कृष्णले राम्रो साथ दिएका थिए। दुवै जनाले शुरुमा सम्हालिएर खेल्दै बिस्तारै रन बनाउने काम गरेका थिए। दुवै ब्याट्सम्यान सेट भैसकेपछि पश्चिमाञ्चलको पारीले रफ्तार समातेको थियो। संभवत: यो साझेदारी प्रतियोगिता भरिकै उत्कृष्ट साझेदारी रहेको थियो। आस गुमाईसकेको खेलमा सौरभ र कृष्णले सास भरेका थिए। 

दोस्रो पारी अन्तिम ओभरसम्म पुगेको खेलमा दुवै टोलीको जितको सभावना ५०-५० प्रतिशत रहेको थियो। पश्चिमाञ्चलले केही मौकाहरु गुमाउँदा खेल हार्न पुगेको थियो। 

अनिल मण्डल १७ रनको ब्यक्तिगत स्कोरमा हुँदा पश्चिमाञ्चलका किपर प्रकाश केसीले क्याच छाडेका थिए । त्यसैगरि आर्मीको कुल स्कोर ३६ रन हुँदा सागर पुनलाई रन आउट गर्ने मौका गुमएका थिए। 

आर्मीका सोमपाल कामी, जितेन्द्र मुखिया, सागर पुन र सहाब आलमले २-२ विेकट लिएका थिए।त्यसैगरि पश्चिमाञ्चलका धिरज शाहीले २ विकेट लिएका थिए। 



नयाँ