- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतसँग हार व्यहोरेको छ । मुम्बईको अँधेरी स्पोर्टस् कम्प्लेक्समा मंगलबार साँझ भएको खेलमा नेपाल २–० ले पराजित भएको हो । मध्यान्तरसम्म गोलरहित बराबरी भएको खेलेमा नेपालले मध्यान्तरपछि २ गोल खायो । नेपालले ६०औं मिनेटमा पहिलो तथा ७८औं मिनेटमा दोस्रो गोल खाएको हो ।
खेलको ६८औं मिनेटमा भारतीय खेलाडीलाई ‘फाउल’ गरेका कप्तान विराज महर्जन रातोकार्ड खाँदै बाहिरिए । नेपालका लागि मध्यान्तरअघि नवयुग श्रेष्ठले गोल गर्ने सुन्दर अवसर खेर फाले ।
एसिया कप छनोट फुटबलअन्तर्गत् यही जेठ ३० गते काठमाडौंमा हुने यमनविरुद्वको खेलको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलेको हो ।