arrow

सोनुलाई ज्याकीले दिए ज्याकेट उपहार

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
Sonu-Sud.jpg.jpeg
मुम्बई । बलिउड अभिनेता सोनु सुदलाई सम्झनलायक क्षणले स्वागत गरेका छन् । उनले नयाँ वर्षकै मौका पारेर ‘कुंग फु’ स्टारका रुपमा परिचित विश्वचर्चित अभिनेता ज्याकी च्याङबाट उपहार स्वरुप ज्याकेट पाएपछि उनी खुशीले पुलकित भएका छन् ।

सोनुले भारत चीनको फिल्म ‘कुंग फू योगा’का लागि ज्याकीसँग सुटिङ शुरु गरिसकेका छन् । सोनुले सामाजिक सञ्जालमा ज्याकीलाई धन्यवाद समेत दिएका छन् । बलिउड हिट फिल्म ‘दबंग’ अभिनेता सोनुले ज्याकीसँग खिचेको तस्वीर पनि पोष्ट गरेका छन्, जसमा उनी निकै खुशी देखिएका छन् ।
 
भारतमा गत वर्ष चिनिया राष्ट्रपति शी जिनपिंगको भ्रमण हुँदा दुई देशबीच तीन फिल्म सम्झौतामा हस्ताक्षर भएको थियो । स्टैली टांगद्वारा निर्देशित ‘कुंग फू योगा’ त्यसैको एक हिस्सा भएको बताईएको छ । फिल्मको सुटिङ दुबई र बेइजिङमा भईरहेको छ भने यसलाई भारतमा पनि खिचिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ