- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
लन्डन । आयोजक इंगल्याण्ड आइसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ ।
कार्डिफमा भएको खेलमा न्यूजिल्याण्डलाई ८७ रनले पराजित गरेर इंगल्याण्डले लगातार दुई जितसहित सेमिफाइनलमा पुगेको हो ।
खेलमा इंगल्याण्डले पहिले ब्याटिंग गर्दै ४९.३ ओभरमा ३१० रन बनायो । जो रुटले ६४, जोस बटलरले नटआउट ६१ र एलेक्स हेल्सले ५६ रन बनाए ।
एडम मिल्ने र कोरि एन्डरसनले ३–३ विकेट लिए । जवाफमा कमजोर प्रदर्शन गरेको न्यूजिल्याण्डले ४४.३ ओभरमा अलआउट हुँदै २२३ रन बनायो ।
यो जितले इंगल्याण्डले अष्ट्रेलियासंग अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनलमा ठाउँ बनाएको हो ।
२ अंकको अष्ट्रेलिया यो खेलमा पराजित भए प्रतियोगिताबाट बाहिरिने छ । यो समूहका अरु दुई टिम बंगलादेश र न्युजिल्याण्डको १–१ अंक छ ।
अष्ट्रेलिया पराजित भए बंगलादेश र न्युजिल्याण्डबीचको विजेता टिम सेमिफाइनलमा पुग्नेछ ।
प्रतियोगिता अन्तर्गत बुधबार साँझ ६ः१५ देखि पाकिस्तान र दक्षिण अफ्रिका भिड्दै छन् ।
पाकिस्तानले पहिलो खेलमा भारतसंग हार बेहोरेको थियो भने दक्षिण अफ्रिकाले श्रीलंकालाई हराएको थियो ।