arrow

गौरीको गीतमा महदेखि प्रचण्ड पुत्र मन्त्रमुग्ध

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
Gauri-Malla.jpg.jpeg
काठमाडौं । गौरी मल्ललाई सबैले कुशल अभिनेत्रीका रुपमा फिल्म क्षेत्रमा चिन्छन् । तर उनी अभिनयबाहेक कुशल गायिका पनि हुन भन्ने कमैलाई थाहा होला । यिनै गौरी नयाँवर्षको अवसरमा ललितपुरको बखुण्डोलस्थित एक रेष्टुरेन्टमा गुञ्जिँदा उनको स्वरमा वरिष्ठ फिल्मकर्मी नीर शाहदेखि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाशसम्म मन्त्रमुग्ध बने ।

नेपाली र हिन्दी गरी आधा दर्जन गीत गाएकी गौरीका गीत सुनेर सबैले उनलाई गायनतिर लाग्न सुझाव पनि दिए । कार्यक्रममै उपस्थित भएका गायकसमेत रहेका मह(मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)जोडीले गौरीलाई एल्बम नै निकाल्न सुझाव दिए ।

गौरीले पनि उनीहरुको सल्लाहलाई स्वीकार्दै एल्बमको लागि गीत रेकर्डिङ गरिसकेको तर निकाल्न भने समय नमिलेको खुलाईन् । गौरीको गीत सुन्न युवापुस्ताका चर्चित कमेडियन विल्सनविक्रम राईदेखि युवा पुस्ताका अभिनेता संयम पुरीसम्म उपस्थित थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ